आज:  | Sun, 24, Oct, 2021

सेल्सबेरीलाई रु ५० हजार जरिवाना

२०७८, २५ आश्विन सोमबार २१:१३ मा प्रकाशित ( १ हफ्ता अघि) ५५९ पाठक संख्या

जिल्ला प्रशासन कार्यालय ललितपुरबाट बजार अनुगमन गर्ने क्रममा आज ललितपुरको सातदोबाटोस्थित सेल्स बेरीलाई रु ५० हजार जरिवाना गराएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ ललितकुमार बस्नेत नेतृत्वको टोलीले अनुगमन गर्ने क्रममा सेल्स बेरीलाई ह्वाइट हेविटलगायत चक्लेटमा अनुचित नाफा लिएको पाएपछि सो मूल्य बराबरको रकम तिराएकोे जानकारी गराएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले आसन्न दसैँलगायत चाडपर्व नजिकिएसँगै गरेको बजार अनुगमनका क्रममा आज सातदोबाटोस्थित सेल्स बेरीलाई रु ५० हजार जरिवाना तिराएको छ । बस्नेत नेतृत्व टोलीले ललितपुरमा असोज ७ गतेदेखि पटकपटक बजार अनुगमन गरिरहेको छ । यसअघिका अनुगमनमा सो टोलीले लगनखेलदेखि पुल्चोकसम्मका केही पसललाई कूल रु एक लाख ३५ हजार ५०० तिराइसकेको बताएको छ । बस्नेतसँगै अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, आन्तरिक राजस्व कार्यालय लगनखेल तथा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखासहित महानगरीय प्रहरी परिसर जावलाखेलका प्रतिनिधि पनि सहभागी थिए ।

खबर एक्सप्रेस