आज:  | Sun, 24, Oct, 2021

सुशिलाको नयाँ गित “दशैँको शुभकामना”

२०७८, २५ आश्विन सोमबार १३:२३ मा प्रकाशित ( १ हफ्ता अघि) १०८६ पाठक संख्या

काठमाडौँ : लोकप्रिय गायिका अझ झट्ट हेर्दा नायिका जस्तो देखिने सुन्दरी गायिका सुशिला पाठकको नयाँ गित “दशैँको शुभकामना” सार्बजनिक भएको छ। उनी बहुप्रतिभाशाली गायिका हुन । छोटो समयमा नै चर्चा कमाउन सफल भएकी सुमधुर आवाज, जादुमय नृत्यका कारणले चर्चाको शिखरमा पुगेकी छिन।आफ्नो सुमधुर आवाजबाट दर्जनौ गीत गाईसकेकी गायिका शुसिला यसपाली दसैंको गीत लिएर आफ्नो दर्शक श्रोता सामु “दशैँको शुभकामना” भन्दै आएकी छिन। रोमाण्टिक गित,आधुनिक गित, क्लासिक गित, लोक पप तथा अन्य सबै खाले गित गाउने गायिका मध्य पर्दछिन्।

गायिका शुसिला तथा एरेन्जर आशिस अभिरलको स्वरमा रहेको गीतको रचना तथा संगीत आशिस अभिरलनै रहेका छन्। लिरिकल भिडियोको सम्पादन राजन कार्कीले गरेका छन्।

भिडियो :

खबर एक्सप्रेस