आज:  | Thu, 25, Apr, 2024

मध्य भोटेकोशीको आईपीओमा ४ गुणा बढी शेयर माग

२०७८, २४ आश्विन आईतवार २३:३० मा प्रकाशित ( २ साल अघि) ७७२० पाठक संख्या

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा आइतबार साँझसम्ममा साढे २१ लाख भन्दा बढीको आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार २१ लाख ५९ हजार २६ आवेदकबाट ३ अर्ब २९ करोड ७७ लाख १७ हजार रुपैयाँ बराबरको ३ करोड २९ लाख ७७ हजार १७० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्याएको ८१ लाख ९० हजार कित्ता ४.०३ गुणा बढी हो ।कम्पनी असोज २० गते बुधबार देखि सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

खबर एक्सप्रेस