आज:  | Sun, 24, Oct, 2021

दैलेखमा अबैध घरेलु मदिरा नियन्त्रण अभियान

२०७८, २३ आश्विन शनिबार १८:५६ मा प्रकाशित ( २ हफ्ता अघि) ५९० पाठक संख्या

घरेलु मदिरा बनाईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाट प्रहरी नायब निरीक्षक पिंकल वि.क.को कमाण्डमा १५ जनाको प्रहरी टोलीले यस नारायण नगरपालिका भित्र रहेका बजारहरुको होटल-पसल खान-तलासि गर्ने क्रममा अबैध तयार मदिरा ३५० लिटर र कच्चा पदार्थ २०० लिटर, भाडा वर्तन ६ थान, ड्राम १० वटा तथा मातहत प्रहरी ईकाइहरुबाट तयार मदिरा २६५४ लिटर,कच्चा पदार्थ १०३४ लिटर  र भाडा वर्तन  १३ थान,  ड्राम  १४ वटा बरामद गरी नियन्त्रणमा लिएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

खबर एक्सप्रेस