आज:  | Sun, 24, Oct, 2021

वाग्मती सफाइ सहित देशैभरी सफाइ अभियान सम्पन्न

२०७८, २३ आश्विन शनिबार १२:१४ मा प्रकाशित ( २ हफ्ता अघि) ३९६९ पाठक संख्या

खबरएक्सप्रेस सम्बाददाता ।। देशको सबैभन्दा ठुलो अभियान वाग्मती सरसफाइ महाअभियानको ४३९औं हप्ताको अभियान तिलगंगा क्षेत्रमा सफाइ अभियान सहित सम्पन्न भएको छ । अभियानमा बिभिन्न अभियन्ताहरुको सहभागिता रहेको थियो । भने अधिकार सम्पन्न बाग्मती समितिबाट अध्यक्ष सहित ठुलो संख्यामा कर्मचारीको सहभागिता रहेको थियो । यो महाअभियान बिशेष चाडपर्व तथा अन्य जस्तोसुकै परिस्थितीमा पनि नरोकिएर निरन्तर संचालनमा रहेको आउने हप्ताको अभियान दशैको भोली पल्ट भएपनि संचालन हुने अभियन्ता माला खरेलले बताउनु भएको छ ।


आजै पशुपति स्वच्छ अभियान चौथो हप्ताको अभियान पशुपति क्षेत्रमा सम्पन्न भएको छ । ‘हाम्रो आस्था, सम्पदा र संस्कृति, सभ्य नागरिक, स्वच्छ पशुपति ” अभियान भन्ने नाराका साथ शुरु भएको अभियानमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यमा चलचित्र कलाकार संघका अध्यक्ष नायक रबिन्द्र खड्का बरिष्ठ,अभिनेता शिव श्रेष्ठ, बुढासुब्बा डीजीटल कम्पनीका संचालक एवं चलचित्र निर्माता नवराज गिरी, चलचित्रका कार्यकारी निर्माता चक्र बहादुर चन्द सहित् कलाकार संघका बिभिन्न पदाधिकारीका साथै डिभाईन क्लब भक्तपुरको समेत सहभागीता रहेको थियो । यो अभियान निरन्तर संचालनमा रहने अभियानका संयोजक डा. श्याम खड्काले बताउनु भएको छ ।

आजै उपत्यकाका बिभिन्न स्थान सहित सहायक नदीहरुमा सफाइ अभियान सम्पन्न भएको छ । बिष्णुमती सफाइ अभियान, वाग्तीको माथिल्लो भागको सफाइ अभियान, मनोहरा सफाइ अभियान गोदावरी सफाइ अभियान मैतिदेबी क्षेत्रमा सफाइ अभियान लगाएत बिभिन्न अभियान सम्पन्न भएका छन् । भने वाग्मती सफाइ महाअभियानबाट प्रेरित उपत्यका बाहिरका बिभिन्न स्थानमा समेत सफाइ अभियान सम्पन्न भएको छ ।

आजै बिर्तामोड सफाइ अभियान सम्पन्न भएको छ । मेची महाकाली सफाइ अभियान, युनिक स्वयंसेवक नेपाल, नेपाल रेयूकाई, एम.के.के. ग्रुप, जिल्ला ट्राफिक कार्यालय झापा, ईलाका प्रहरी अनारमनि, बिराट सामुदायिक अध्ययन केन्द्र, हाम्रो अभियान नेपालको सहकार्यमा दुर्गा मन्दिर,ट्राफिक भवन वरपर सरसफाइ गरी सम्पन्न भएको बिर्तामोड सफाई अभियानले बताएको छ । आजै मेची महाकाली सफाइ अभियानबाट देशका बिभिन्न क्षेत्रमा सफाइ अभियान सम्पन्न भएको छ ।

बिर्तामोड सफाइ अभियान

बाग्मती सफाइ महाअभियान

बिष्णुमती सफाइ अभियान

मनोहरा सफाइ अभियान

मैतिदेबी क्षेत्र सफाइ अभियान

खबर एक्सप्रेस