आज:  | Sun, 24, Oct, 2021

दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७८ सम्पन्न

२०७८, २१ आश्विन बिहीबार २३:०१ मा प्रकाशित ( २ हफ्ता अघि) ३५९७ पाठक संख्या

दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७८ सम्पन्न भएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्रि पम्फा भुसालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम अभिनेत्री रेजिना उप्रेती तथा कलाकार बिमला केसीका दुई संस्था रेजिना इन्टरटेन्मेन्ट तथा शहिद फिल्म्सले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

बडादशैंको पहिलो दिन अर्थात घटस्थापनाको दिन आयोजित  कार्यक्रममा अभिनेत्रीहरुमा चैत्य देवी, शर्मिला मल्ल, लक्ष्मी गिरी, मौसमी मल्ल, नीता ढुंगाना, केकी अधिकारी, सुरक्षा पन्त, साम्राज्ञी राज्य लक्ष्मी शाह तथा उपासना सिंह ठकुरीलाई नवदुर्गा सम्मानद्वारा सम्मानित गरिएको हो । काठमाडौको चावहिलस्थित चलचित्र विकास बोर्डमा आयोजना भएको कार्यक्रममा नवदुर्गा सम्मानबाट सम्मानित हुने नौ जना अभिनेत्रीहरुले अभिनय गरेका एक–एक वटा चलचित्रका एक–एक गीतमा  नृत्य प्रस्तुत गरिएको थियो ।

नवदुर्गा सम्मान वितरण पस्चात बोल्दै बरिस्ठ अभिनेत्री  मौसमी मल्लले अहिलेका यूवा पुस्ताले सिनियर कलाकारलाई नचिने झै ब्यबहार गर्ने  गरेको दुखेसो पोखिन । अभिनेत्री केकी अधिकारिले सिनियर  दीदीहरूका कारण आफूहरू यहाँसम्म पुगेको बताइन । आफूहरूको काधमा पनी ज़िम्मेवारी थपिएको बताइन ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्र विकास बोर्डले यसकिसिमका कार्यक्रममा बोर्डले साथ सहयोग गर्दै जाने बताए । कार्यक्रमका प्रमुख अतिथि उर्जा जलश्रोत तथा सिंचाई मन्त्रि पम्फा भुसालले आफूले सक्दो सहयोग गर्ने बिद्युत सम्बन्धीको मन्त्रालयमा आएको फाईललाई हेरेर सहयोग गर्ने बताइन । कार्यक्रममा आयोजक अभिनेत्री रेजिना उप्रेतीले सबैलाई धन्यबाद ब्य्क्त गरिन । 

 

 

खबर एक्सप्रेस