आज:  | Sun, 21, Apr, 2024

यूनिलिभर नेपाल लिमिटेडले बोलायो साधारणसभा

२०७८, २० आश्विन बुधबार १०:२८ मा प्रकाशित ( २ साल अघि) १५२८४ पाठक संख्या

यूनिलिभर नेपाल लिमिटेड (UNL) ले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले कात्तिक ११ गते दिउँसो ३ः४५ बजे अभौतिक माध्यम अर्थात भिडियो कन्फरेन्सको माध्यमबाट २८ औँ वार्षिक साधारण सभा बोलाएको हो । उत सभाले सञ्चालक समितिले सिफरिस गरे बमोजिम अर्थात प्रतिशेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै कम्पनीको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाहरुको खर्चहरु पारित गर्ने, सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ। साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुकक्लोज गर्ने भएको छ।

खबर एक्सप्रेस