आज:  | Sun, 24, Oct, 2021

दशै लगतै कर्णालीका मुख्यमन्त्री परिवर्तन हुने

२०७८, २० आश्विन बुधबार १०:२४ मा प्रकाशित ( २ हफ्ता अघि) ६८३ पाठक संख्या

दशै लगतै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने र नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने तयारी गरिएको स्रोतले बताएको छ । मुख्यमन्त्री शाही निकट स्रोतका अनुसार, मुख्यमन्त्री परिवर्तन गर्ने तयारी छ।
गत वैशाखमा कांग्रेस र माओवादीबीच ६ महीनापछि मुख्यमन्त्री शाहीले राजीनामा दिने सहमति भएको थियो। त्यही सहमति अनुसार, माओवादीले प्रदेश सरकारको नेतृत्व हस्तान्तरण गर्न लागेको हो। राजनितिमा भन्न सकिन्न यदी घटनाक्रम विकसित भएन भने दशैंपछि सरकारको नेतृत्व फेरिन्छ। कांग्रेसका एक नेताले बताएका छन् । तर केन्द्रमा जस्तै कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीचको सहमति बन्दा मुख्यमन्त्री परिवर्तन नहुन पनि सक्ने एक पक्षको बिश्लेषण रहेको छ ।

खबर एक्सप्रेस