आज:  | Sun, 24, Oct, 2021

अनुपम खेर पशुपति दर्शनमा आफू धन्य भएको बताए

२०७८, २० आश्विन बुधबार १०:११ मा प्रकाशित ( २ हफ्ता अघि) ६२१ पाठक संख्या

काठमाडौं । बलिउडका चर्चित अभिनेता अनुपम खेर हाल नेपालमा छन् । बलिउड फिल्म उचाइको छायांकनका लागी उनी लगाएको टिम नेपाल आएको हो । उनले सोही मौका सदुपयोग गरी मंगलबार बिहान पशुपतिनाथ मन्दिर दर्शन गरेका छन् । मन्दिरमा उनले सबैको सुस्वास्थ्य र शन्तिको कामना गरेको साथै काठमाडौंको चर्चित पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा आफु धन्य भएको महसुस गरेको बताएका छन् । मैले सबैको राम्रो स्वास्थ्य र शान्तिको लागि प्रार्थना गरेको छु । भन्दै आफ्नो सामाजिक संजालमा भिडियो पोष्ट गर्दै उनले आफू धेरै खुसी छु भनेका छन् ।
बलिउड कलाकारहरु अनुपम खेर, बोमन इरानी र परिणिती चोपडा हाल नेपालमा रहेका छन् । उनीहरु बलिउड चलचित्र ‘उचाइ’ को छायांकनका लागि नेपाल आइपुगेका हुन् ।

खबर एक्सप्रेस