आज:  | Fri, 29, Mar, 2024

बलिउड स्टार शाहरुख खानका छोरा आर्यन ड्रग्स पार्टीमा गिरफतार

२०७८, १७ आश्विन आईतवार १९:०३ मा प्रकाशित ( २ साल अघि) १४९१२ पाठक संख्या

भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले शनिबार मुम्बईबाट गोवा जाँदै गरेको एक क्रुजमा ड्रग्स पार्टीमा छापा मारेको छ । सो छापामा बलिउड स्टार शाहरुख खानका छोरा आर्यनसहित ८ जनालाई गिरफतार गरेको छ । ब्युरोका अधिकारीहरु यात्रु बनेर क्रुज सिपमा छापा मारेको बताइएको छ । प्रहरीका अनुसार उक्त क्रुज सिपमा ड्रग्स पार्टी चलिरहेको थियो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खानसँग सोधपुछ गरिरहेको छ । सोधपुछको क्रममा आर्यनले आफू उक्त पार्टीमा अतिथिको रूपमा गएको बताएका छन् । र उनले पार्टीमा सामेल हुन कुनै पैसा नतिरेको बताए । आयोजकले पार्टीमा आमन्त्रित गर्न आफ्नो नामको प्रयोग गरेको आर्यनको दावी छ । भारतीय सञ्चारमाध्यमका अनुसार एनसीबीले आर्यनको मोबाईल फोन पनि जफत गरेको छ र उनको च्याट खोजी गरिरहेको छ। आर्यानलाई के कस्तो कसरी कार्बाही हुने बारे अहिले केही बताईएको छैन । उनको फोन पनि जफत गरीएको छ र उनको च्याट अनुसन्धान समेत गरिएको छ । आर्यन बाहेक थप अरुसँग पनि सोधपुछ गरिएको छ।

खबर एक्सप्रेस