आज:  | Sat, 13, Apr, 2024

फिल्म ‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक

२०७८, १७ आश्विन आईतवार १८:४४ मा प्रकाशित ( २ साल अघि) १४०७५ पाठक संख्या

काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक भएको छ । एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । सार्वजनिक ट्रेलरमा जातका कारण एक प्रेमजोडीले भोग्नु परेको अनेक दुःखलाई समेटिएको छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकारहरु सलोन बस्नेत, रुबिना थापा, शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल लगायत फिचर्ड छन् । काठमाडौं र चित्लाङ आसपासका रमणीय स्थानमा छायांकन गरिएको फिल्म यही असोज २६ गते दशैंको अवसर पारेर रिलिज हुँदैछ । फिल्म ओटीटी प्लेटफर्ममा भने तिहारमा रिलिज हुनेछ । फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली,हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ । बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण भएको फिल्ममा नवराज गिरीको लगानी रहेको छ । रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया(एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व गोविन्द राई, रामजी लामिछानेको कोरियोग्राफी, नवराज, गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहेको छ ।

खबर एक्सप्रेस