आज:  | Fri, 19, Apr, 2024

गुराँस पार्क, तस्बिरमा

२०७८, १२ आश्विन मंगलवार ११:०४ मा प्रकाशित ( २ साल अघि) १०२९३ पाठक संख्या

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट करिब एकघण्टा गाडीको यात्राबाट पुग्न सकिने दैलेखको गुराँसे बजार नजिक गुराँस पार्क तथा भ्यूटावर निर्माण गरिएको छ । यो पार्क गुराँस गाउँपालिका–५ गुराँसेमा मा पर्दछ । पर्यटन प्रबद्र्धनका लागी उक्त पार्क तथा भ्यूूटावर बनाईएको गुराँस गाउँपालिकाले बताएको छ । कर्णाली प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा पार्क तयार भएको हो । पार्क बनाउन हालसम्म ८० लाख रुपैयाँ खर्च भएको बताईएको छ । प्राकृतिक रुपमा भएका यसकिसिमका फूल र रुखबिरुवाहरु संरक्षण तिर नलागी पछिल्लो चरण देशका बिभिन्न भागमा यस्ता कंक्रिट पार्क बनाउने होड्बाजी नै चलेको छ । स्थानियबासी तथा संरक्षण बिद्का अनुसार यस्ता पार्क बनाउने कार्यसँगै प्राकृतिक पार्क बनाई फूल र रुखबिरुवाहरु संरक्षण तिर लाग्नु पर्ने बताउछन् । पार्क निर्माणले पर्यटन प्रबद्र्धनमा टेवा त पुग्छ तर प्राकृतिक रुपमा सक्कली बोट बिरुवाको संरक्षण तिर लाग्नु पर्ने संरक्षण बिद्को भनाई छ ।

 

 

 

 

खबर एक्सप्रेस