आज:  | Fri, 19, Apr, 2024

यशराजका चार फिल्मको रिलिज डेट घोषणा

२०७८, १२ आश्विन मंगलवार ०९:५६ मा प्रकाशित ( २ साल अघि) ९११५ पाठक संख्या

बलिउडको ठुलो कम्पनी यशराज फिल्म्सले चार वटा फिल्मको रिलिज गर्ने मिति घोषणा गरेको छ । फिल्म बन्टी और बबली टु, पृथ्वीराज, जयेशभाइ जोरदार र शमशेरा समावेश रहेका छन् । वरुण वी. शर्माद्वारा निर्देशित फिल्म बन्टी और बबली २, १९ नोभेम्बर, २०२१ मा रिलिनज हुनेछ । फिल्ममा सैफ अली खान, रानी मुखर्जी, सिद्धान्त चतुर्वेदी र नवोदित शरवरी देखिनेछन् । भने ठूलो बजेटको फिल्म पृथ्वीराज २१ जनवरी २०२२ मा रिलिज हुनेछ । फिल्ममा अक्षय कुमार राजा पृथ्वीराज चौहानको भूमिकामा देखिनेछन् । यस्तै, विश्व सुन्दरीको उपाधि जितिसकेकी मानुषी छिल्लर आफ्नो यो डेब्यू फिल्ममा संयोगिताको भूमिका निभाउनेछिन् । यस फिल्मको निर्देशन डा. चन्द्रप्रकाश द्विेदीले गरेका छन् ।रणवीर सिंह र शालिनी पान्डे स्टारर फिल्म जयेशभाइ जोरदार अर्को वर्ष २५ फेब्रुअरीमा रिलिज हुने छ । दिव्यांग ठक्करको निर्देशनमा बनेको यो फिल्ममा रणवीर एक गुजराती व्यक्तिको भूमिका निभाइरहेका देखिन्छन् । यस्तै, रणबीर कपुर अभिनित फिल्म शमशेरा अर्को वर्ष १८ मार्चमा रिलिज हुनेछ । यो फिल्ममा रणबीर कपुरसँग अभिनेत्री वाणी कपुर पनि देखिनेछिन् । करण मल्होत्राद्वारा निर्देशित यो फिल्ममा सञ्जय दत्तको पनि मुख्य भूमिका हुनेछ ।

खबर एक्सप्रेस