आज:  | Tue, 26, Mar, 2024

९ जना सङ्क्रमितको मृत्यु

२०७८, १० आश्विन आईतवार २२:३८ मा प्रकाशित ( २ साल अघि) ८९९१ पाठक संख्या

काठमाडौं, असोज १० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ७३० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २७९ जना कोरोनामुक्त भएका छन् । यो सँगै कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा ९ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ९६ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
खोप अपडेट ः पछिल्लो २४ घण्टामा एक लाख २३ हजार १ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खबर एक्सप्रेस