आज:  | Fri, 22, Mar, 2024

नेपालमा २० हजार २८७ जना कोरोनाका सक्रिय संक्रमित

२०७८, ८ आश्विन शुक्रबार २१:०५ मा प्रकाशित ( २ साल अघि) ८४०२ पाठक संख्या

काठमाडौं, असोज ८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १०३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५५० जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.०३ प्रतिशत रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ९ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ८१ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हाल २० हजार २८७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
खोप ः पछिल्लो २४ घण्टामा एक लाख ७२ हजार ५९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खबर एक्सप्रेस