आज:  | Sun, 24, Oct, 2021

२४ घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु

२०७८, ५ आश्विन मंगलवार २२:०४ मा प्रकाशित ( १ महिना अघि) ६२१ पाठक संख्या

काठमाडौं, असोज ५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा नौ हजार ६२४ आरटीपीसीआर परीक्षण गर्दा एक हजार ३६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । सोही अवधिमा तीन हजार ९३६ वटा एन्टीजेन परीक्षण गर्दा २९४जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८३० जना कोरोनामुक्त भएका छन्। नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.८६ प्रतिशत रहेकोछ । यसैगरी पछिल्लो २४ घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ५३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

खोप : पछिल्लो २४ घण्टामा २२ हजार १९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खबर एक्सप्रेस