आज:  | Sun, 24, Oct, 2021

हालसम्म ११ हजार ४८ जना सङ्क्रमितले ज्यान गुमाए

२०७८, ४ आश्विन सोमबार २०:५६ मा प्रकाशित ( १ महिना अघि) ११४८ पाठक संख्या

काठमाडौं, असोज ४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ७८६ आरटीपीसीआर परीक्षण गरिएकोमा ९७५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । सोही अवधिमा तीन हजार ३१ वटा एन्टीजेन परीक्षण गर्दा १२० जनामा सङ्क्रमण पुष्टि भएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ९५७ जना कोरोनामुक्त भएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ४८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

खोप: पछिल्लो २४ घण्टामा २२ हजार १९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खबर एक्सप्रेस