आज:  | Sun, 24, Oct, 2021

२४ घण्टामा २१ हजार ३६० जनाले खोप लगाए

२०७८, ३ आश्विन आईतवार २२:१४ मा प्रकाशित ( १ महिना अघि) ६५२ पाठक संख्या

काठमाडौं, असोज ३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार ३०४ आरटीपीसीआर परीक्षणमा ६५६ जना र दुई हजार ७०९ वटा एन्टीजेन परीक्षण गर्दा ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ४१३ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.४९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ४० जना सङ्क्रमितले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमित हुने २४ हजार ३१३ जना छन् । खोप: पछिल्लो २४ घण्टामा २१ हजार ३६० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खबर एक्सप्रेस