आज:  | Sun, 24, Oct, 2021

कोरोनाले रोकिएको सुर्खेत सफाइ अभियान फेरी शुरु

२०७८, २ आश्विन शनिबार २२:२१ मा प्रकाशित ( १ महिना अघि) ८६९ पाठक संख्या

मेचीमहाकाली सफाइ अभियान सुर्खेतको सफाइ  अभियान पुन शुरु भएको छ । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने नाराका साथ शुरु भएको सुर्खेत सफाइ अभियानको कोरोना सन्क्रमणका बीच बन्द गरिएको थियो । कोरोना सन्क्रमण दर घटदै गएकोले अभियान पुन शुरु गरिएको सुर्खेत सयोजक हिक्मत चन्दले बताउनु भयो ।

आजको अभियानलाई यसका योजनाकार चक्र बहादुर चन्दको सहभागितामा सम्पन्न भएको थियो । पर्यटकिय बुलबुले ताल क्षेत्रमा अभियान संचालन गरिएको थियो । अभियानमा सुर्खेती युवा अभियन्ताहरूको सहभागिता रहेको थियो । अभियानलाई नयाँ ऊँचाईमा लिने योजना बनेको हिक्मत चन्दले बताउनु भएको छ ।

खबर एक्सप्रेस