आज:  | Sun, 24, Oct, 2021

१७ हजार ३१७ जनाले खोप लगाए

२०७८, २ आश्विन शनिबार २०:५९ मा प्रकाशित ( १ महिना अघि) ७७६ पाठक संख्या

काठमाडौं, असोज २ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ५४० आरटीपीसीआर परीक्षण गर्दा ८३५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । सोही अवधिमा दुई हजार ८१८ वटा एन्टीजेन परीक्षण गर्दा २३१ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार २३४ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.४ प्रतिशत रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा १६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार २८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

खोप: पछिल्लो २४ घण्टामा १७ हजार ३१७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै हालसम्म ६१ लाख ९८ हजार ९३६ जनाले पहिलो मात्रा र ५५ लाख ६१ हजार ८८५ जनाले पूर्ण मात्रा खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।

खबर एक्सप्रेस