आज:  | Sun, 14, Apr, 2024

सुर्खेतमा सफाइ अभियान संचालन

२०७८, २ आश्विन शनिबार ००:२० मा प्रकाशित ( २ साल अघि) ९८२८ पाठक संख्या

कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा सफाइ अभियान संचालन भएको छ । यूएनडीपी र अन्तरनिर्भर समाज सुर्खेतको साझेदारीमा संचालित हरित पुनउथान प्रबधन परियोजनाको आयोजनामा बिरेन्द्रनगर नगरपालिका मङ्गलगढी चोकमा सरसफाइ अभियान सन्चालन गरिएको थियो ।


अभियानमा सुन्दर नेपाल सस्था, सुर्खेत महिला जेशिज, नगरपालिका प्रतीनिधिहरु, मेचिमहाकाली सरसफाइ अभियान र अन्तरास्ट्रिय मानबता समूह सुर्खेतको सहभागी रहेको थियो ।

खबर एक्सप्रेस