आज:  | Wed, 24, Apr, 2024

नेपालमा १९जना सङ्क्रमितको मृत्यु

२०७८, २९ भाद्र मंगलवार १८:२७ मा प्रकाशित ( २ साल अघि) ६४४९ पाठक संख्या

काठमाडौं, भदौ २९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय का अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १० हजार २६६ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार १८० जनामा र यस्तै सोही अवधिमा चार हजार १७७ वटा एन्टीजेन परीक्षण गर्दा ३८२ जनामा सङ्क्रमण पुष्टि भएको सङ्क्रमणको पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा एक हजार ५८९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही समयमा १९जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ९८४ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत छ । खोप: नेपालमा पछिल्लो २४ घण्टामा ८८ हजार १८४ ले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खबर एक्सप्रेस