आज:  | Sun, 26, Sep, 2021

दैलेख गुराँसमा एक शिक्षकको घाँटी रेटेर बिभत्स हत्या

२०७८, २९ भाद्र मंगलवार १७:०८ मा प्रकाशित ( १ हफ्ता अघि) ३४२ पाठक संख्या

सुर्खेत । दैलेख गुराँस गाउँपालिका छोटेपोखराका अन्दाजी ४२ बर्षका एक शिक्षकको घाँटी रेटेर हत्या भएको छ । गुराँस गाउँपालिका–छोटेपोखरामा अध्यापन गराउदै आएका स्थानिय शिक्षक नगेन्द्र विसीको घाँटी रेटेर हत्या गरिएको हो । स्थानिय मालिका माध्यमिक विद्यालयका शिक्षक सामाजिक विषय पढाउदै आएका थिए । घटना हेर्दा लखेटेर स्कुलमा पुगेपछि घाँटी रेटेर हत्या भएको देखिएको स्थानीयले बताएका छन्। ऊनीगएराती ११ बजेसम्म छोटेपोखराको एक किराना पसलमा बसेको र त्यसपछि घटना भएको हुनसक्ने स्थानीयको अनुमान छ । यधपी प्रहरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरीक्षक ईन्द्रजीत सुनारको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ । किराना पसलका सञ्चालक र एक अन्य युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । छोटेपोखरामा प्रहरीले खान तलासी गरिसकेको छ ।’आज विहान दुध पु-याउन आएका स्थानीयहरुले विद्यालयको बराण्डामा शव देखेपछि प्रहरीलाई खवर गरेको थिए । जिल्ला प्रहरी कार्यालय दैलेखले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ । ‘घटनाबारे विस्तृत विवरण आजै आऊने बताईयको छ ।

खबर एक्सप्रेस