आज:  | Sun, 24, Mar, 2024

दैलेख सफाइ अभियान शुरु

२०७८, २९ भाद्र मंगलवार १३:०२ मा प्रकाशित ( २ साल अघि) १२३७० पाठक संख्या

काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने नाराका साथ आज दैलेख सफाइ अभियानको शुरुवात भएको छ । पूर्व मन्त्री कुन्ती कुमारी शाहीले सो अभियानको एक कार्यक्रमका बिच सडकको फोहोर उठाएर अभियानको शुभारम्भ गर्नु भयो ।

कार्यक्रममा दैलेख नगरपालिका उपप्रमुख सबित्री मल्ल दैलेखी सेवा समाजका उपाध्यक्ष मिना थापा एभरेस्ट क्लब दैलेखका अध्यक्ष दिपक शाही बाग्मति सफाइ अभियानका अभियन्ता समाजसेवी चक्र बहादुर चन्द लगाएतको स्थानिय नागरिक लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथीबाट अब नागरिकमा सचेतना आउन जरुरी रहेको छ । हरेक ब्यक्तीले सबैभन्दा पहिला सफाइमा ध्यान दिन आवश्यक रहेको बताउदै अब दैलेखलाई सफा सुन्दर बनाउने जिम्मेवारी हाम्रो रहेको बताउनु भयो । आफु केही पटक बाग्मती सफाइ अभियानमा सहभागि हुँदा नागरिक स्तरको अभियानबाट निकै प्रभाबित भएको भन्दै यसकिसीमका अभियानले देशमा ठुलो परिवर्तन ल्याउने विश्वास ब्यक्त गर्नु भयो । दैलेख सफाइ अभियान स्थानिय गणेश स्थानबाट शुभारम्भ भै सफाइ अभियान सहित् जनचेतनामुलक अभियान गर्दै स्थानिय देवकोटा चोकमा पुगेर समापन गरिएको थियो । अभियन्ताहरुले आफ्नो पसल अगाडि अनिवार्य ड्स्टबीन राख्न र आफ्नो आगन आँफै सफा राख्न अपिल समेत गर्नुभएको थियो ।

स्थानिय नागरिकले यो अभियान शुरु भएसँगै दैलेख बजारमा फोहोरको मात्रा बढीरहेको अवस्थामा यसकिसिमको अभियानले सबैलाई जनचेतना जगाउने र सम्बन्धित निकाएलाई पनि फोहोर ब्यबस्थापन सम्बन्धी जिम्मेवारी बोध हुने विश्वास लिएको बताए । यसकिसिमका अभियान निरन्तर संचालन हुनुपर्ने भन्दै आफुहरु पनि यो अभियानमा साथदिने बताए । दैलेख बजार क्षेत्रमा बजारमा पाईने बिभिन्न खाले तम्बाकु गुटखा खाएर जथाभावी फाल्ने गरेकोले बजारमा अत्याधिक फोहोर हुने गरेको स्थानिय नागरिकले बताए । 

कार्यक्रम दुई  घण्टासम्म संचालन भएको थियो । सोही कार्यक्रममा विश्व सफाइ दिन (World cleanup Day-2021) को झन्डा समेत बोकेर सो अभियानलाई समेत दैलेखबाट समर्थन जनाइएको थियो । हाललाई हरेक १५/१५ दिनमा दैलेख सफाइ अभियान संचालन गर्ने कार्यक्रम सयोजक योगेन्द्र सिग्देलले बताउनु भयो ।

 

 

 

 

 

खबर एक्सप्रेस