आज:  | Tue, 16, Apr, 2024

९१ हजार ८३० ले कोरोनाविरुद्धको खोप लगाए

२०७८, २८ भाद्र सोमबार १८:३१ मा प्रकाशित ( २ साल अघि) ६८२१ पाठक संख्या

काठमाडौं, भदौ २८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ५३२ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार १४९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै सोही अवधिमा चार हजार सात वटा एन्टीजेन परीक्षण गर्दा ३३७ जनामा सङ्क्रमण पुष्टि भएको ले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार २६० जना कोरोनामुक्त भएका छन । नेपालमा २६ हजार ६३० जनामा कोरोनाको सक्रिय संक्रमण रहेको छ । भने १६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट दश हजार ९६५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत छ । 

खोप अपडेट: पछिल्लो २४ घण्टामा ९१ हजार ८३० ले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खबर एक्सप्रेस