आज:  | Sun, 26, Sep, 2021

पाल्पाका ८१ वडा मध्य एक वडामा मात्र महिला सभापति निर्बाचित

२०७८, २८ भाद्र सोमबार १८:२२ मा प्रकाशित ( १ हफ्ता अघि) ५९० पाठक संख्या

पाल्पा भदौ २४, पाल्पामा नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गतको वडा अधिवेशन सम्पन्न भएको छ ।
जिल्लामा भएको दुई नगरपालिका सहित ८ गाउपालिका का कुल ८१ वडामा वडा कमीटी गठन भएको छ । हरेक ५/५ वर्षमा हुने अधिवेशनमा पहिले भन्दा अहिले युवाहरु उत्साहित भएर लागेको देखिएको छ । वडा अधिवेशनबाट जिल्लामा २८ बर्षिय युबा देखि ७२ बर्षिय बृद्ध सम्म वडा कमिटिको सभापतिमा मनोनित भएका छन् । जिल्लाका ८१ वडा मध्य एक वडामा मात्र महिला सभापति निर्बाचित भएर आएका छन् ।

बगनाशकाली गाउपालिका वडा न. २ पोखराथोक कि सिता गहिरे जिल्लाको एक्लि महिला सभापतिको रुपमा निर्बाचित भएको छन ।
उनको लागि सभापतिको खुड्किलो भने त्यति सहज थिएन । वडा कमिटि सर्बसम्मत गराउने प्रयास हुदाहुदै पनि सभापतिमा भने निर्वाचन सम्मनै पुगेको थियो ।
निर्वाचनमा सहज जित निकालिसकेपछि उहा भन्नुहुन्छ ” अहिले पनि पुरुष मात्र अगाडि बढ्नुपर्छ भन्ने सोचलाइ परिबर्तन गर्न र महिलाको सहभागिता जनाउन निर्बाचन सम्म होमिएको हु । सबैको सहयोग ले गर्दा निर्वाचन मा पनि सफलता हाशिल गरे । सबैलाई धन्यवाद दिन चाहन्छु र कार्यकालभरी सबैको सहयोग को अपेच्छ्या पनि गर्दछु ।”

खबर एक्सप्रेस