आज:  | Thu, 18, Apr, 2024

भारतमा निपाह भाइरसबाट मृत्यु भएपछी नेपालमा सतर्कता अपनाउन आग्रह

२०७८, २८ भाद्र सोमबार ०७:३३ मा प्रकाशित ( २ साल अघि) १२९९० पाठक संख्या

भारतको केरला राज्यमा निपाह भाइरसबाट मानिसको मृत्यु भएपछी नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमण नेपालमा समेत देखिन सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी  तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.  कृष्णप्रसाद पौडेलले नेपालमा पनि निपाह भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै अस्पताललाई परिपत्र गर्दै सङ्क्रमणको चुनौतीविरुद्ध प्रबन्ध गर्न र लक्षण देखिए रिपोर्टिङ गर्न जानकारी दिएको छ ।  निपाह भाइरसको लक्षण देखिएमा बिरामीको नमुना लिएर  काठमाडौँको टेकुस्थित स्वास्थ्य प्रयोगशालामा पठाउन पनि महाशाखाले आग्रह गरेको बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

खबर एक्सप्रेस