आज:  | Sun, 26, Sep, 2021

राप्रपा दैलेख जिल्ला अधिबेशन सम्पन्न अध्यक्षमा भक्त शाही

२०७८, २७ भाद्र आईतवार २२:१९ मा प्रकाशित ( २ हफ्ता अघि) ८३८ पाठक संख्या

राप्रपा जिल्ला कार्य समिति दैलेखको छैठौ अधिबेशनबाट जिल्लाका सालिन नैतिकवान नेता भक्त बहादुर शाही अध्यक्षमा सर्बसम्मत निर्बाचित भएका छन् । ऊनीसँगै २१ सदसिय कार्यसमिति सदस्य चयन भएका छन् ।

राप्रपा केन्द्रिय निर्देशन समिती सदस्य एव पूर्व मन्त्री कुन्ती कुमारी शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथि राप्रपा केन्द्रिय निर्देशन समिती सद्स्य मुकुन्द श्याम गिरी रहनुभएको थियो । जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुन्ती कुमारी शाहीले राप्रपा पार्टी एक मात्र त्यस्तो पार्टी हो जो कुनै भ्रष्टचार कुनै काण्डमा संलग्न छैन । यसलाई गर्व बोकि अब कार्यकर्ताहरूँ गाऊँगाऊँ जनताका माझ जान निर्देशन दिनुभयो । आफूपनी कार्यकर्तासँगै जनताका माझमा जाने प्रतिबदता ब्यक्त गर्नुभयो ।

देशमा हत्या हिंसा बलात्कार र भ्रस्टचारका घटना दिनानुदिन बढदै गएको प्रति राज्य सम्बेदनशिल नभएको गम्भिर आरोप समेत लगाउनु भयो । कार्यक्रममा बिशेष अतिथि राप्रपा कार्यसम्पादन समिति सदस्य मुकुन्द श्याम गिरीले राप्रपा अब बैकल्पिक शक्तीको रुपमा उदाउने विश्वस्त ब्यक्त गर्नुभयो ।
आजै सम्पन्न बन्द शत्रबाट भक्त बहादुर शाहीको अध्यक्षतामा २१ सदसीय जिल्ला कार्य समिति गठन भएको छ ।

खबर एक्सप्रेस