आज:  | Sun, 26, Sep, 2021

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.१ प्रतिशत

२०७८, २७ भाद्र आईतवार २१:४४ मा प्रकाशित ( २ हफ्ता अघि) ३११ पाठक संख्या

काठमाडौं, भदौ २७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा सात हजार ८७८ आरटीपीसीआर परीक्षण गरिएकोमा ८३८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै तीन हजार १४० वटा एन्टीजेन परीक्षण गर्दा ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.१ प्रतिशत छ । पछिल्लो २४ घण्टामा एक हजार ४२३ जना कोरोनामुक्त भएका छन् ।सोही समयमा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ९४९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । भने  १० हजार ४४९ ले कोरोना विरुद्धको खोप लगाएका छन् । यसैगरी आइतबारसम्म २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ त्यस्तै ४५४ जना सघन उपचार कक्षमा उपचाररत रहेका छन् भने १४० जना भेन्टिलटरमा उपचाररत रहेका छन् 

खबर एक्सप्रेस