आज:  | Sun, 26, Sep, 2021

हालसम्म दश हजार ८९३ जना सङ्क्रमितले ज्यान गुमाए

२०७८, २४ भाद्र बिहीबार २३:५९ मा प्रकाशित ( २ हफ्ता अघि) ४०४ पाठक संख्या

काठमाडौं, भदौ २४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा गएको चौबीस घण्टामा आरटीपीसीआर परीक्षण गर्दा कोरोनाका एक हजार ५८ जना सङ्क्रमित थपिएका छन् ।नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.७८ प्रतिशत छ । सोही समयमा एक हजार ८४५ जना कोरोनामुक्त भएका छन् । भने सोही समयमा १४ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ८९३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हाल नेपालमा २८ हजार ६७८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

खबर एक्सप्रेस