आज:  | Tue, 16, Apr, 2024

काठमाडौं उपत्यका भित्र पनि ४० प्रतिशत विद्यार्थीहरु मात्र अनलाइनको पहुँचमा

२०७८, २१ भाद्र सोमबार २०:४६ मा प्रकाशित ( २ साल अघि) १२१२२ पाठक संख्या

काठमाडौं,भदौ २१ गते । काठमाडौं उपत्यकामा असोज १ गतेबाट स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला भित्रका स्थानीय तहका प्रतिनिधिहरूबीच विद्यालय सञ्चालनको विषयमा आजको छलफबाट निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौमा भएको छलफलमा असोज १ गतेबाट स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सकिने छ । स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्दा नगरशिक्षा समितिको बैठक बसेर स्वास्थ्य मापदण्डको पूर्ण पालना हुनेगरी विद्यालय सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्लाभित्रका ४० प्रतिशत विद्यार्थीहरु मात्र अनलाइनको पहुँचमा रहेको देखिएकाले पनि विद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ ।

खबर एक्सप्रेस