आज:  | Sun, 26, Sep, 2021

‘जार’ को फर्स्टलुक पोस्टर रिलिज

२०७८, २० भाद्र आईतवार १६:१९ मा प्रकाशित ( ३ हफ्ता अघि) ३७३ पाठक संख्या

कोरोनाका कारण् गत वर्ष निषेधाज्ञा भएको समय अगाडि भारतको सिक्किममा छायांकन भएको अभिनेता द्वय सौगात मल्ल र अनुपबिक्रम शाही अभिनीत फिल्म ‘जार’ को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । आइतवार सार्वजनिक भएको पोस्टरमा फिल्मकी लिड अभिनेत्री गीताञ्जली थापालाई केन्द्रमा राखिएको छ भने पृष्ठभूमिमा सौगात र अनुपलाई देख्न सकिन्छ । यो फिल्मको केन्द्रिय द्वन्द्व नै महिला पात्र हो ।

 

यथार्थपरक कथामा आधारित रहेर निर्माण गरिएको भनिएको यो फिल्मले सन् १८ सयको दशक अन्त्यतिर सिक्किमेली समाजमा घटेको एक यथार्थ घटनालाई बोल्नेछ । पोस्टरमा फिचर तीन पात्रको वरिपरी नै फिल्मको कथा घुम्नेछ । गीताञ्जली भारतमा राष्ट्रिय अवार्ड विजेता अभिनेत्री हुन् । फुर्वा छिरिङ लामाको निर्देशन रहेको यो फिल्मको छायांकन गत अप्रिलमा सम्पन्न भएको थियो । ‘जार’ को कथा इन्द्र बहादुर राईले लेखेका हुन् । फेर्री टेल पिक्चर्सले ‘होप रिल एण्ड एलए सर्ट्स’ सँगको सहकार्यमा यो फिल्म निर्माण गरेको हो । फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत छ भने सम्पादन अखिलेश राईको छ । फिल्मको छायांकनदेखि सम्पादनसम्मको सम्पूर्ण प्राविधिक काममा भारतिय टिम संलग्न छ । फिल्मलाई यसै वर्ष प्रदर्शनमा गर्ने निर्माण टिमको लक्ष्य छ ।

खबर एक्सप्रेस