आज:  | Sun, 26, Sep, 2021

१६ बर्षपछि एउटै सेटमा शिव र भुवन

२०७८, १५ भाद्र मंगलवार २३:११ मा प्रकाशित ( ३ हफ्ता अघि) ६२१ पाठक संख्या

१६ बर्षपछि एक्शन किंग अभिनेता शिव श्रेष्ठ र सुपरस्टार अभिनेता भुवन केसी. चलचित्र ‘डाँडाको वरपिपल’मा एउटै सेटमा छायांकनमा ब्यस्त रहेका छन् । नेपाली चलचित्र क्षेत्रका दुई हस्तीको यो क्षेत्रमा ठुलो योगदान रहदै आएको छ। निर्देशक शोभित बस्नेतका अनुसार चलचित्रको बाँकी भागका लागी यूनिट अहिले चित्लाङमा छायांकनमा ब्यस्त रहेको छ।

चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञान कुमार कटेललगायतको मुख्य भुमिका रहनेछ । नेपाली चलचित्रका दुई हस्ती शिव श्रेष्ठ र भुवन केसीको र शिव एउटै चलचित्रमा देखिन लागेका हुन् । उनीहरु वि.सं. २०६२ सालमा निर्माण भएको चलचित्र ‘राजु राजा राम’ मा देखिएका थिए । निर्देशक शोभित बस्नेत हुन भने  बुढासुब्बाका संचालक नवराज गिरी निर्माता रहेको चलचित्रको लेखक रामकाजी घिमिरे हुन् भने सुशान्त प्रजापतिको छायांकन रहने चलचित्रमा शिव मुखिया,एलिस कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको नृत्य निर्देशन रहनेछ ।

खबर एक्सप्रेस