आज:  | Sun, 26, Sep, 2021

पोखराको सुर्यचन्द्र विकास समितिले बृक्षारोपण गर्‍यो

२०७८, १५ भाद्र मंगलवार १२:१४ मा प्रकाशित ( ३ हफ्ता अघि) ६२१ पाठक संख्या

पोखरा स्थित सुर्यचन्द्र विकास समितिले बृक्षारोपण गरेको छ । शिक्षा, स्वास्थ्य खेलकुद, वातावरण र महिला सम्बन्धि बिबिध सामाजिक काम गर्दै आएको सुर्यचन्द्र विकास समितिले आज  १४ औं पुस्तकालय दिवसको अवसरमा बृक्षारोपण गरेको हो । मानवसेवा र समाजसेवामा बिगत २७ बर्ष देखि निरन्तर सक्रिय रूपमा लागिरहेको सस्थाले आज कपुर,अमला,तेजपत्ता गरी करिब ४०वटा बिरुवा रोप्ने काम सम्पन्न भएको जनप्रतिनिधी तथा अभियन्ता अन्जु छेत्रीले बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथ जिल्ला समन्वय प्रमुख बैन बहादुर क्षेत्रिको उपस्थिती रहेको थियो। आजै निरन्तर सक्रिय सहभागी हुँदै पुस्तकालय अक्षयकोषमा शिव प्रसाद कोईराला र गोबिन्द पराजुलीबाट २५/ २५/ हजार सहयोग समेत गर्नु भएको छ।

खबर एक्सप्रेस