आज:  | Fri, 19, Apr, 2024

वल्र्ड ब्लाइन्ड आइडल’ को नोमिनेशनमा नेपाल नेत्रहीन संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष खोमराज शर्मा परे भोट् गर्न अपिल

२०७८, १३ भाद्र आईतवार २१:४५ मा प्रकाशित ( २ साल अघि) ७५०३ पाठक संख्या

काठमाडौं : ‘वल्र्ड ब्लाइन्ड आइडल’ को नोमिनेशनमा परेका नेपाल नेत्रहीन संघको केन्द्रिय बरिष्ठ उपाध्यक्ष खोमराज शर्मालाई भोटिङका लागि अपिल गरिएको छ् । म्याग्दीको बेनि-५ घर भई हाल पोखरामा बस्दै आएका शर्मा विश्वका दृष्टिविहिनबीच प्रतिष्पर्धा हुने भएको छ । अन्य प्रतिष्पर्धीलाई पछि पार्दै हालसम्म पहिलो नम्बरमा देखिएका शर्मालाई भोटका लागि https://idol.chancefortheblind.org/vote/1978 लिंक खोल्नुपर्ने हुन्छ । त्यसपछि आफ्नो इमेल लेख्ने ठाउँ आउँछ । इमेल ठेगाना लेखेपछि इमेलमा ‘कन्फरमेशन’ इमेल आउँछ । त्यो ‘कन्फरमेशन’ इमेलमा क्लिक गरिसकेपछि भोट गर्न सकिन्छ ।

चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्याण्डले आयोजना गर्ने गरेको छ । प्रतियोगितामा अमेरिका, कुवेत, इटली, इजिप्ट, पोल्याण्ड, ब्राजिल, केन्या, साउदी अरेबिया, नेदरल्याण्डसहित २२ देशका २६ जना नोमिनेशनमा परेका छन् ।

खबर एक्सप्रेस