आज:  | Fri, 19, Apr, 2024

देश भ्रष्टचारले खोक्रो बन्दै गयो, नेताहरुलाई केही पनि डरत्रास नै छैन : कुन्ति कुमारी शाही राप्रपा महिला संगठन प्रमुख

२०७८, १३ भाद्र आईतवार २०:२५ मा प्रकाशित ( २ साल अघि) १९००४ पाठक संख्या

काठमाडौं, भदौ १३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको आयोजनामा काठमाडौ क्षेत्र न. ५ द्धारा तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । संगठनका अध्यक्ष एवं पूर्वमन्त्री कुन्ती कुमारी शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा राप्रपाका कोषाध्यक्ष चन्द्र बहादुर गुरुङको विशेष आतिथ्यता र महिला संगठनका सल्लाहकार प्रलिता थापाको बिशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी शाहीले तत्कालिन समयमा आफ्नो जीवनलाई हत्केलामा राखेर यो पार्टिमा लागेका हामी सिपाही हौं । भन्दै अहिले राजा र धर्म बेचियो भन्ने आरोप सहित केही भ्रमहरु फैलाईरहेको स्थिती छ । तर राप्रपालाई लगाएको आरोप सहि नभएको बताउनु भयो । आफूपनि राप्रपाका अध्यक्षसँगै प्रत्यक्ष काम गर्दै आएको पार्टिको सिपाही र साक्षीको रुपमा रहेकोले यी सबै अहिलेका हल्लाहरुका पछि नलाग्न कार्यकर्तालाई निर्देशन दिनु भयो ।

अहिले हाम्रो समाज कता गैरहेको छ । अहिलेको समाजमा ८ बर्षको बच्ची बलात्कृत भएकी छिन् । हजुर आमा बलात्कृत भएकी छन् । अहिले यस्तो समाजको बिकास भैरहेको छ । त्यसकारण अब धर्म संस्कृतीको जर्गेना गर्न जरुरी रहेको बताउनु भयो । अमेरीकामा राष्टपती हुदा बाईबल हातमा राखेर शपथ खाएर कुर्सी समाल्ने परम्परा छ । भने हाम्रो देशका नेताहरु ईश्वरको नाममा कसम खान समेत हिचकिचाउने गरेको बताउनु भयो । यो सत्य नै हो जनताका नाममा कसम खादा धर्मी भईदैन ईश्वरका नाममा कसमा खाएपछि त सत्य काम,सत्य कर्म गर्नुपर्छ भनेर वहाँहरु डराएर ईश्वरको नाममा कसम नखाने गरेको समेत आरोप लगाउनु भयो ।

नेताहरुले ईश्वरको नाममा कसम खाए त कसमेकम भ्रष्टचार कम गर्थे कि नागरीकका पक्षमा काम गर्थेकी अपराधीका पक्षमा काम गर्दैनथेकी भनेर नेताहरुलाई ब्यंग्य समेत गर्नुभएको थियो । नेताहरुलाई केही पनि डरत्रास नभएको बताउदै समाज जुन बाटोमा गईरहेको छ । समाजलाई त्यो बाटोबाट रोक्नको लागी राम्रो समाज निर्माण गर्नको लागी सनातन धर्म र संस्कृतीको संरक्षण गर्नका लागी सबै जनता राप्रपाको अभियानमा लागी पर्न समेत अपील समेत गर्नुभएको छ । संघियता खारेज गर्नका लागी सबै गोलबद्ध भएर लागी पर्न समेत सबैलाई अपील गर्नुभएको छ । संघियता र धर्मनिरपेक्षताका बारेमा बोल्दै जुन चिजले प्रतिस्थापन गरेको हुन्छ त्यही चिजले पुनःस्थापना गर्नुपर्छ भन्दै अबसबै मिलेर राप्रपालाई एकताबद्ध गरी अगाडी लैजान सबैलाई अपील समेत गर्नुभयो । देश अहिले बैदेशिक क्रणको बोझले खोक्रो बन्दै गएको छ । स्थानिय तह, प्रदेशमा ब्यापक भष्टचार भैरहेका छन् । स्वास्थ्य सामाग्री खरीदमा समेत ठुलो भष्टचार भएको भन्दै देश यसरी खोक्रो हुदै गएको बताउनु भयो । देशको स्वाधिनतालाई बेचिदै छ । त्यसकारण आज सबै देशभक्त एकताबद्ध हुन जरुरी रहेको बताउनु भयो ।

महिलाहरु घरलाई ब्यबस्थापन गरी अब समाज चलाउनको लागी घरबाट निस्केर समाजका गतिबिधीमा लाग्न आब्हान गर्नुभयो । कार्यक्रम संगठनका कोषाध्यक्ष एवं पार्टिका केन्द्रिय सदस्य सुनिता कुरुम्बाङ्गको सभापतित्वमा सम्पन्न भएको थियो । भने कार्यक्रमको संचालन संगठनका महासचिव कुमारी तामाङले गर्नुभएको थियो ।

खबर एक्सप्रेस