आज:  | Sun, 26, Sep, 2021

केजीएफको सिक्वेल सन् २०२२ को अप्रिल १४ बाट रिलिज हुने

२०७८, १२ भाद्र शनिबार १९:५१ मा प्रकाशित ( ४ हफ्ता अघि) ६२१ पाठक संख्या

बहुप्रतिक्षित चलचित्र केजीएफको सिक्वेल भने अब प्रर्दशन हुने पक्का भएको छ । बर्ष २०१८ मा रिलिज भएको कन्नड चलचित्र ‘केजीएफ’ले वलिवुडमा तहल्का नै मच्चायो । ब्यबसायिक रुपमा पनि निकै सफल भएको चलचित्रको सिक्वेल पनि तयार भएको थियो । तर कोरोना संक्रमणका कारण प्रदर्शनका लागि तयार भएपनि चलचित्रलाई प्रदर्शन गर्नका लागी मिति सारिदै आएको थियो । अब चलचित्र भने सन् २०२२ को अप्रिल १४ बाट रिलिज हुनेछ ।

चलचित्रका अभिनेता यशले आइतबार आफ्नो ट्विटरमार्फत नयाँ मिति सार्वजनिक गरेका हुन् । चलचित्रमा यशको साथमा संजय दत्त र रविना टन्डनको मुख्य भूमिका छ । चलचित्रमा सञ्जय दत्त खलपात्रको भूमिकामा छन् । चलचित्रको टिजर सार्वजनिक भैसकेको छ र दर्शकले यसलाई निक्कै मन पराएका छन् । कन्नड भाषामा बनेको यो चलचित्रलाई हिन्दी, तेलुगु, तमिल, मलयालम भाषामा पनि प्रदर्शन गरिनेछ ।

खबर एक्सप्रेस