आज:  | Sun, 26, Sep, 2021

चलचित्र क्षेत्रका दुई हस्ती शिव र भुवन १६ बर्षपछि ‘डाँडाको वरपिपल’ मार्फत एकै साथ आउदै

२०७८, ८ भाद्र मंगलवार २०:२४ मा प्रकाशित ( १ महिना अघि) ७७६ पाठक संख्या

चलचित्र ‘डाँडाको वरपिपल’मा १६ बर्षपछि एक्शन किंग अभिनेता शिव श्रेष्ठ र सुपरस्टार अभिनेता भुवन केसी. यही सिनेमा मार्फत फेरी एकसाथ देखिदै छन् । चलचत्रिको छायाँकन सोमबारदेखि धादिङको धार्केबाट शुरु भएको निर्देशक शोभित बस्नेतले बताएका छन् । चलचित्रको बाँकी भागका लागी यूनिट चित्लाङ जादैछ। ६० दिनको छायांकन सेड्युल सहित फ्लोरमा निस्किएको चलचित्रको अन्य भाग काठमाडौं उपत्यका लगाएतका ठाउमा छायाँकन हुनेछ ।

चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञान कुमार कटेललगायतको मुख्य भुमिका रहनेछ । नेपाली चलचित्रका दुई हस्ती शिव श्रेष्ठ र भुवन केसीको र शिव एउटै चलचित्रमा देखिन लागेका हुन् । उनीहरु वि.सं. २०६२ सालमा निर्माण भएको चलचित्र ‘राजु राजा राम’ मा देखिएका थिए । बुढासुब्बाका संचालक नवराज गिरी निर्माता रहेको चलचित्रको लेखक रामकाजी घिमिरे हुन् भने सुशान्त प्रजापतिको छायांकन रहने चलचित्रमा शिव मुखिया,एलिस कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको नृत्य निर्देशन रहनेछ । निर्देशक शोभित बस्नेतले हालसम्म ३० वटा चलचित्र निर्देशन गरीसकेका छन् ।

खबर एक्सप्रेस