आज:  | Sun, 26, Sep, 2021

विष्णुमती सफाइ अभियानले ४३८o मिटर उचाइको गोसाईकुण्ड सफाई गर्यो

२०७८, ८ भाद्र मंगलवार १४:३३ मा प्रकाशित ( १ महिना अघि) ९३१ पाठक संख्या

राजधानी काठमाडौंमा रहेको विष्णुमती नदीमा निरन्तर सफाइ अभियान संचालन गर्दै आएको विष्णुमती सफाइ अभियानले संयोजक शोभाकान्त पाण्डेको अगुवाईमा ४३८oमिटर उचाइको गोसाईकुण्ड सफाई गरेको छ । 

उक्त अभियान गर्दा भक्तजनले बाटोमा, कुण्ड आसपास र कुण्ड भित्रै पनी फोहोर फाल्ने गरेकोले यसलाई नियन्त्रण गर्नुपर्छ अन्यथा यो क्षेत्र धेरै दुर्गन्धित हुनेमा अभियन्ताले चिन्ता प्रकट गरेका छन्। त्यहाँ जाने नागरिकले जथाभावी दिशापिसाब नगर्न समेत अपील समेत गरेका छन । 

यस सफाइ कार्यक्रममा प्रिमियम ग्रुप प्रालि, फरक पत्र अनलाइन मिडिया, पर्यटन बजार मिडिया , नवीन नगर उपभोक्ता तथा टोलविकास समिति, हिमलाल न्यौपाने , खिमानन्द न्यौपाने, भुपाल गौतम, धुन्चे स्थित झाक्री माता लगायतले सहयोग गरेका थिए । 

खबर एक्सप्रेस