आज:  | Sun, 26, Sep, 2021

‘एक्स ९’ मा पुष्प खड्का अनुबन्धित

२०७८, ८ भाद्र मंगलवार १४:०६ मा प्रकाशित ( १ महिना अघि) ६८३ पाठक संख्या

निर्माण पक्षले नेपाली चलचित्र क्षेत्रको सबैभन्दा ठूलो एक्सन-थ्रिलरचलचित्र दाबी गरिएको ‘एक्स ९’ मा पछिल्लो समयका हटकेक नायक पुष्प खड्का अनुबन्धित भएका छन। चलचित्रमा उनको भूमिका एक्सनपूर्ण हुने बुझिएको छ ।


चलचित्रका लागी पुष्प केही महिना एक्शन पनि सिक्दैछन् । चलचित्रमा सौगात मल्ल र अनमोल केसी सहित कलाकारसँग समझौता भएकोले कलाकारको लाइनअप निकै बलियो हुने देखिन्छ ।अब नायक अनुप विक्रम शाहीसँग पनि केही दिनमा निर्माण टिमले कागजी सम्झौता गर्दैछ ।
आउँदो पौषको तेस्रो सातादेखि क्यानडा, यूरोप र नेपालमा छायांकन हुने चलचित्रको कथा निर्देशक भट्ट र किंग योगीको रहेका छ । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा प्रियंका थापा अभिनेत्री रहनेछिन् । राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र गोकुल कुँवर निर्माता रहेका छन् ।

खबर एक्सप्रेस