आज:  | Sun, 26, Sep, 2021

झापाको कन्काईमा एक परिवार झुण्डिएको अवस्थामा फेला

२०७८, ७ भाद्र सोमबार ११:०८ मा प्रकाशित ( १ महिना अघि) ६५२ पाठक संख्या

झापा संवाददाता । झापाको कन्काई नगरपालिका -१ मा ८ महिने शिशु सहित एकै परिवारका ३ सदस्य झुण्डिएको अवस्थामा फेला परेका छन् ।

फेला पर्नेमा बिमल चौतारा बस्ने ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मीना बस्नेत विक र ८ महिनाकी छोरी रुविना रहेको इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिएका छन्  । स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी  गरेसँगै इलाका प्रहरी कार्यालय सुरुंगाबाट परिचालन भएको प्रहरी टोली घट्नास्थल पुगेको छ ।घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएको र थप अनुसन्धान भईरहेको जिम्बाले जानकारी दिएका छन् ।

खबर एक्सप्रेस