आज:  | Wed, 24, Apr, 2024

कुलचन्द्र बास्तोला स्मृति कृषि सम्मानवाट घिमिरे सम्मानित

२०७८, ६ भाद्र आईतवार २२:४९ मा प्रकाशित ( २ साल अघि) ९९५२ पाठक संख्या

पोखरा, ६, भदौ ।
मानवीय सेवा अभियानले सञ्चालन गरेको कुलचन्द्र स्मृति कृषि सम्मान ( २०७८ बाट पोखराकी सावित्री घिमिरे सम्मानित भएकी छिन् ।
उद्यमी तथा समाजसेवी व्यक्तित्व स्व।कुलचन्द्र बास्तोलाको स्मृतिमा परिवारजनले स्थापना गरेको अक्षयकोषवाट यो बर्ष कौसी खेती मार्फत घिमिरेलाई नगद सहित सम्मानपत्र, दोसल्ला तथा माला लगाई सम्मान गरिएको हो । मानवीय सेवा अभियानका अध्यक्ष अभियन्ता तथा पत्रकार सुष्मा पौडेलले सम्मान हस्तान्तरण गरेकी हुन् । हजुरबुबा कुलचन्द्र बास्तोलाले कृषि क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै स्थापना गरिएको कृषि सम्मानवाट कौसी खेती तथा जनजागरणमा योगदान पुर्याउने घिमिरेलाई सम्मान गरिएको बताइन ।
आमा नन्दकली बास्तोला तथा छोरा छोरीहरु लगायतको परिवारले बुवाले कृषि श्रेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान तथा सहयापेक्षीलाइ सहयोग कार्यक्रम मानवीय सेवा अभियान मार्फत सञ्चालन गरिएको बताए । साथै बार्षिक पुन्य तिथीमा मानव सेवा आश्रम पोखरा शाखामा भोजन खुवाउने कार्यक्रम समेत आयोजना गरिएको छ ।

सम्मानित व्यक्तिको तर्फबाट बोल्दै सावित्री धिमीरेले घरमै आएर आफुले गरेको मेहनतको सम्मान गरेकोमा खुसी व्यक्त गरिन् । साथै आगामी दिनमा समेत सकृय भएर लाग्ने उत्प्रेरणा मिलेको बताइन । उनले सम्मान मार्फत पाएको रकम बरावर थप गरि मानवीय सेवा अभियानलाइ नै मानविय सेवा कार्यमा खर्च गर्न भनी हस्तान्तरण गरेकी छिन । त्यस्तै दिपकराज घिमिरेले आफ्नो जिवनसाथीलाई सम्मान गरेकोमा खुसी व्यक्त गर्दै कौसी खेतीले अर्गानिक तरकारी खान पाइने तथा शारीरिक व्यायाम समेत हुने बताए । कार्यक्रममा एयरपोर्ट टोल विकास संस्थाका अध्यक्ष श्याम श्रेष्ठ , नागबेली आमा समुहका संस्थापक अध्यक्ष गिता पौडेल लगायतले बोलेका थिए ।
अभियानका उपाध्यक्ष मेघमान श्रेष्ठले अभियानले गरेका गतिविधि बारे जानकारी तथा कार्यक्रम संयोजक पिडी सिग्देलले सामाजिक ब्यक्तित्व कुलचन्द बास्तोलाले समाजमा पुर्याएको योगदान बारे चर्चा गरेका थिए ।
कार्यक्रममा अभियानका सदस्य दिपा पौडेल, लक्ष्मी थापा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन महासचिव सावित्री शर्माले गरेकी थिइन

खबर एक्सप्रेस