आज:  | Sat, 20, Apr, 2024

अभिनेत्री रेखाको जन्मदिन आज

२०७८, ५ भाद्र शनिबार १४:४९ मा प्रकाशित ( २ साल अघि) ६७२८ पाठक संख्या

काठमाडौं, ५ भदौ । नेपाली फिल्म क्षेत्रमा एकछत्र राज गर्ने अभिनेत्री रेखा थापाको आज जन्मदिन। नेपाली दर्शकले अत्याधिक रुचाएकी अभिनेत्री रेखा थापा वि सं २०३९ भाद्र ५ गते मोरङको कोसी हरैचामा जन्मिएकी हुन् । चलचित्र ‘हिरो’बाट नेपाली फिल्म क्षेत्रमा प्रबेश गरेकी रेखाले हालसम्म धेरै चलचित्रमा दमदार अभिनय गरेकी छन् । एकसमय उनको पोष्टर बजारमा लागेपछि फिल्म निर्माताको लगानी सुरक्षित हुने गर्दथ्यो । आम दर्शकमाझ निकै लोकप्रिय रेखाले धेरै चलचित्र आफैले समेत निर्माण गरेकी छन् । रेखाले आफ्नै ब्यानरबाट चलचित्र निर्माण सहित आफै निर्देशकिय भूमिका समेत निर्बाह गरेकी छन् । उनका चलचित्र ‘हिरो’ देखि मितिनी, धड्कन, हामी तीन भाई, कर्णवीर, दुर्गा, देवर बाबु, कस्ले र्चोयो मेरो मन, हिम्मतवाली, किस्मत, तथास्तु, मालिकालाई दर्शकले अत्याधिक रुचाएका थिए । उनलाई बिहानैदेखी सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिनेको लामो लाईन लागेको छ । रेखा धेरैजसो एक्सन चलचित्रमा दमदार अभिनय क्षमता देखाईसकेकी छन् । अझ एकथरीले त उनलाई नेपाली चलचित्रको हिरोको उपमा मिेका रुपमा लिइने गरिन्छ । अभिनेत्री रेखा थापालाई जन्मदिनको धेरै शुभकामना ।

 

 

खबर एक्सप्रेस