आज:  | Sun, 26, Sep, 2021

बाग्मती नदीमा राफ्टिंङ

२०७८, ५ भाद्र शनिबार १४:०० मा प्रकाशित ( १ महिना अघि) १३६५ पाठक संख्या

बाग्मती सफाई महाअभियानको ४३२ औं हप्ताको सफाई अभियान सम्पन्न भएको छ । कोरोना संक्रमणका कारण सानो रुपमा संचालन हुदै आएको अभियान आज थापाथली पुल आसपासमा वाग्मती नदी किनारमा सांकेतिक सफाई अभियान गरी सम्पन्न भएको छ । आज बिशेष गरी नेपाल नदि संरक्षण संस्थाको आयोजनामा २१औं संकरणको वाग्मती महाजल जात्रा समेत सम्पन्न भएको छ ।

आजको कार्यक्रममा देशका बिभिन्न भागमा बग्ने २१ वटा नदिहरुको पानी र वाग्मतीको उद्गम थलो वागद्वारबाट ल्याईएको पानीहरु विभिन्न धार्मिक गुरुहरुबाट र अभियन्ताहरुले वाग्मती नदिमा विसर्जन गरिएको थियो ।


कार्यक्रममा अधिकार सम्पन्न वाग्मती समितीका अध्यक्ष उद्धव तिमिल्सिना, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मी, नेपाल नदि संरक्षण संस्थाका अध्यक्ष एवं अभियन्ता मेघ आले, काठमाडौं महानगरपालिका वडा नं ११ अध्यक्ष हिरालाल तन्दुकार, वाग्मती सफाई महाअभियानका योजनाकार एवं शहरी विकास मन्त्रालयका पुर्व सचीव किशोर थापा, फ्रेन्डस क्लब कुपोन्डोलका अध्यक्ष दिपक थापा, स्थानीयवासी, वाग्मती अभियन्ता लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वाग्मती नदीको महत्व नागरीकको जिम्मेवारी राज्यको दायित्व बारे बिभिन्न बताहरुले बोलेका थिए । मुख्य आयोजक मेघ आलेबाट स्न २००१ बाट यो अभियानको थालनी गरेको बताएका थिए । नदी संरक्षणको महत्व यसको प्रभाव र नागरिकको जिम्मेवारी बारे बोल्दै आलेले यो अभियान निरन्तर सञ्चालन गर्दै जाने बताए ।
कार्यक्रम पश्चात आयोजकले राफ्टिंङ मार्फत कुपोन्डोलदेखी सुन्दरीघाट चोभारसम्म वाग्मती नदिमा जलयात्रा गराईएको थियो ।

 

 

 

 

खबर एक्सप्रेस