आज:  | Sun, 26, Sep, 2021

झापामा युट्युबर पक्राउ

२०७८, ४ भाद्र शुक्रबार २०:१६ मा प्रकाशित ( १ महिना अघि) १०२४ पाठक संख्या

झापा बिर्तामोडको एक होटलमा खाजा खान बसेका व्यक्तिको भिडियो खिचेर ‘बिर्तामोड काण्ड’ भनी युट्युब लगायतका सामाजिक सञ्जालमा सार्वजनिक ३जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला झापा विर्तामोड न.पा वडा नं ३ आँखा शिविर स्थित रहेको सिमाना होटलको कोठामा जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं १३ कि बिष्णुमाया भट्टराई सोही ठाउँ बस्ने शर्मिला बस्नेत र सोही ठाउँका कविरमान श्रेष्ठ खाजा खाइरहेको समयमा हेमराज भट्टराई, सुवास कार्की र स्मार्ट नेपालका मिडियाकर्मी खगेन्द्र घिमिरे समेतका मानिसहरु एक्कासि होटल भित्र अनाधीकृत रुपमा प्रवेश गरी बिष्णुमाया भट्टराई समेतलाई गालि गलौज गरी विना अनुमति भिडियो बनाई सो भिडियो सामाजिक संजालहरुमा प्रेषित गरी मान मर्यादामा आच पुर्याउने काम गरेकोले पीडितका तर्फबाट जाहेरी दिएको आधारमा जिल्ला प्रशासन कार्यालय भद्रपुर झापावाट पक्राउ अनुमित जारी भएकोमा निजहरु मध्ये हेमराज भट्टराई, सुवास कार्की, खगेन्द्र घिमिरेलाई पक्राउ गरिएको छ भने हाल अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

खबर एक्सप्रेस