आज:  | Sun, 26, Sep, 2021

अभिनेत्री मनिषा कोईराला लगाएतलाई चलचित्रकर्मीलाई चलचित्र कलाकार संघको मानार्थ सदस्य प्रदान

२०७८, ३ भाद्र बिहीबार १३:५० मा प्रकाशित ( १ महिना अघि) १११७ पाठक संख्या

चलचित्र कलाकार संघको बैठकले ख्यातिप्राप्त अभिनेत्री,राष्ट्र्वादी व्यक्तित्व तथा समाजसेवी श्री मनिषा कोईराला,चलचित्रकर्मी,समाजेबी तथा खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्व श्री बिष्णुगोपाल श्रेष्ठ र चलचित्र बिकाश बोर्डका पुर्व अध्यक्ष,निर्माता चलचित्रकर्मी श्री राजकुमार राईलाई संघको मानार्थ सदस्य प्रदान गर्ने निर्णय गरेकोछ । बैठक संघका अध्यक्ष रविन्द्र खडकाको अध्यक्षतामा बसेको थियो । 

यसै गरी गत बर्ष माननीय रामविर मनन्धर, माननीय कोमल ओलि, नगरपालिका संघका अध्यक्ष श्री अशोक व्याजु श्रेष्ठ , वरिष्ठ चलचित्र कर्मी तिर्थ थापा, तत्कालीन बेलायतका लागि नेपालका राजदूत दुर्गा बहादुर सुवेदी( दुवसू ) लाई संघको मानार्थ सदस्य प्रदान गरेको थियो ।

चलचित्र क्षेत्र लगायत राष्ट्रीय अन्तरराष्टिय जीबनमा महत्बपुर्ण योगदान पुर्याउनु भएका बिशिष्ट व्यक्तित्वहरूलाई संघको कार्यसमितिले मानार्थ सदस्य प्रदान गर्ने ब्यबस्था संघको बिधानले गरेको नेपाल चलचित्र कलाकार संघ उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौलाले बताउनु भएको छ । 

खबर एक्सप्रेस