आज:  | Sun, 26, Sep, 2021

गोदावरीमा तपाईको माक्स खै अभियान

२०७८, ३० श्रावण शनिबार ०६:४५ मा प्रकाशित ( १ महिना अघि) १३३४ पाठक संख्या

गोदावरीमा तपाईंको माक्स खै अभियान संचालन गरीएको छ । “महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, माक्स  लगाउने आजको  आवश्यकता” भन्ने नाराका साथ म पनि माक्स लगाउँछु र म अरुलाई पनि माक्स लगाउँन प्रेरित गर्छु भन्ने उधेश्य सहित् अभियान संचालन गरिएको हो ।


कोभिड १९ विरुद्ध लड्न खोपले मात्रै पुग्दैन, समुदायिक स्तरमा कोभिडको संक्रमणलाई रोक्न हामी सबै सचेत हुन जरुरी छ। त्यसैले हामीले जनस्वास्थ्यका सबै मापदण्डहरु पालन गर्दै माक्स लगाउने कार्यलाई निरन्तरता दिनु पर्दछ। भन्दै यो अभियान गरीएको अभियन्ता रंजित खत्री श्रेष्ठले बताउनु भयो । सारथी दिदीबहिनी सस्थाले यो कार्यक्रम संचालन गरेको हो । यस अभियानमा महानगरीय प्रहरी प्रभाग बाडेगाउँका प्रमुख प्रहरी निरीक्षक सुजित कुमार ओझको उपस्थिती र सहकार्यमा उक्त सम्पन्न भएको थियो । 

खबर एक्सप्रेस