आज:  | Mon, 15, Apr, 2024

अलि अलि लजाउँदै भन्दै गायिका रितुको तीजगीत बजारमा

२०७८, २८ श्रावण बिहीबार २१:०८ मा प्रकाशित ( २ साल अघि) १०९१३ पाठक संख्या

काठमाडौं, साउन २८ गते । तीजको माहोलमा गायक गायिकाले तीजका गितहरु निकाल्ने क्रम तिब्र रहेको छ । यही बिचमा हरेक बर्ष तीजको गीत निकाल्दै आएकी बौद्धिक गायिका रितु कँडेलले यसपटक पनि फरक किमिसको गीत निकालेकी छन् । अलि अलि लजाउँदै भन्ने तीज गीत बजारमा ल्याएकी छिन् । गायिका रितु कँडेल नेपाली गीत संगीतमा सभ्य अनी बौद्धिक गायिका मध्य पर्छिन । उनले गीत संगीतमा पिएचडी गर्ने लक्ष्य समेत लिएकी छन् अहिले मास्टर्स गर्दै कँडेल गीतसंगीतमा पनि उतिकै सपक्रय रहदै आएकी छन् । आफ्नै युट्युब च्यानल मार्फत तीजगीत सार्वजनिक गरेकी छन् । यस गीतमा स्वर रितु आफैंले दिएकी छिन् भने लय र म्युजिक पनि उनकै रहेको छ । गोविन्द मधुर आचार्यको एरेन्ज रहेको उक्त गीतको सम्पादन प्रकाश धमलाले गरेका छन् । सुरेश श्रेष्ठद्धारा छायाँकंन गरिएको उक्त गीतलाई खडक बजुरालीले मिक्सिङ गरेका छन् भने भिडियो निर्देशन र कोरियोग्राफी स्मृति तिमल्सिनाको रहेको छ । भिडियोमा रुविना अधिकारी र गायिका रितु स्वयंको अभिनय समेत रहेको छ ।

गीत यहाँ हेर्न सकिन्छ

 

 

खबर एक्सप्रेस