आज:  | Sun, 26, Sep, 2021

दुई हजार १२ जना कोरोना सङ्क्रमित निको भए

२०७८, २१ श्रावण बिहीबार २१:०१ मा प्रकाशित ( १ महिना अघि) ८०७ पाठक संख्या

काठमाडौं, साउन २१ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ८७० आरटी पीसीआर परीक्षण गर्दा तीन हजार सात जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । साथै छ हजार ५३८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३१ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा दुई हजार १२ जना कोरोना सङ्क्रमित निको भएका छन् । कोरोनाबाट ३७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट नौ हजार ९९४ जनाको मृत्यु भएको छ । अहिलेसम्म ९३.७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

खबर एक्सप्रेस