आज:  | Sun, 26, Sep, 2021

दुई हजार ९७५ जनामा कोरोना भाइरस सङ्क्रमण

२०७८, २० श्रावण बुधबार १७:१४ मा प्रकाशित ( १ महिना अघि) ५५९ पाठक संख्या

काठमाडौं, साउन २० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३५४ आरटी पिसिआर परीक्षणमा गर्दा दुई हजार ९७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै, आठ हजार ९८५ जनामा गरिएको एन्टिजेन परीक्षणमा १३२ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ५३५ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ९९७ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

खबर एक्सप्रेस